बैतडी : नेकपा एमाले बैतडीले पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ। मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै जिल्ला कमिटीको बैठकले पार्टीबाट निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिस गरेको हो।
एमाले बैतडीका सचिव चक्र कार्कीका अनुसार साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिस गरिएको हो।
यसका साथै एमालेका प्रदेश कमिटी सचिवालय सदस्य रहेका चन्दलाई पालिका अध्यक्षबाट समेत पदमुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस गर्न प्रदेश कमिटीलाई आग्रह गरिएको छ।
चन्द ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेबाट पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको थियो। ४ मंसिरमा सम्पन्न भएको निर्वाचनबाट प्रतिनिधिसभामा एमालेका प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारी र प्रदेशसभा १ मा जिल्ला अध्यक्ष विजयी भएका थिए। तर उनको क्षेत्रमा पर्ने प्रदेशसभा क्षेत्र- २ का उम्मेदवार लिलाधर भट्ट भने झिनो मतान्तरले पराजित भएका थिए। भट्ट पराजित हुनुमा चन्दको असहयोग प्रमुख कारण रहेको एमालेको जिल्ला कमिटीले निष्कर्ष निकालेको छ।
पञ्चेश्वर गाउँ कमिटीको निर्णय र अन्य विभिन्न प्रमाणको आधारमा निर्वाचनमा एमाले उम्मेदवारलाई असहयोग गरेको सूचना आएपछि प्रदेश कमिटीलाई सिफारिस गरिएको जनाएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam