हेटौंडा : उद्योग संघ मकवानपुरले भाडा वृद्धिको निर्णय फिर्ता लिन हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई ७ दिने अल्टिमेटम दिएको छ।
संघले औद्योगिक क्षेत्रको भाडा अस्वभाविक वृद्धि गरेको आरोप लगाउँदै भाडा वृद्धिको निर्णय फिर्ता लिन हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई ७ दिने समयसीमा दिएको हो। भाडा वृद्धिको निर्णय फिर्ता नलिए हेटौंडा औद्योगिक क्षेत्र ठप्प पार्ने चेतावनी समेत दिएको छ।
भूकम्प, नाकाबन्दी, कोभिड र पछिल्लो समय रूस–युक्रेन द्वन्द्वले थलिएको औद्योगिक क्षेत्रमा भाडा बढाउने निर्णय कार्यान्वयन नगर्न संघले चेतावनी दिएको छ। उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलले हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख भोजराज बिडारीलाई अल्टिमेटम पत्र हस्तान्तरण गरेका थिए। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकतर्फी रूपमा २०७५ सालदेखि लागू हुने गरी जमिनको भाडा बढाउने निर्णय नियमसंगत नभएको संघको दावी छ।
उद्योगीको विमतिपछि २०७९ साल साउन ३ गते १५ दिनको समयसीमा दिएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा गठित समितिले प्रतिवेदन समेत नबुझाएको अवस्थामा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले उद्योगीलाई २०७५ सालदेखिकै बढेको भाडा भुक्तानी गर्न ताकेता गरेको भन्दै उद्योगीले विरोध जनाएका छन्।
हेटौंडा औद्योगिक क्षेत्रमा १४५ वटा उद्योग दर्ता रहेको र ११४ वटा उद्योग सञ्चालनमा रहेको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयका प्रमुख बिडारीले बताए। नयाँ भाडादर लागू गरिएपछि केही उद्योगले भाडा बुझाए पनि अधिकांशले भाडा नबुझाएको उनको भनाइ छ।
हेटौंडा औद्योगिक क्षेत्रमा वार्षिक प्रतिरोपनी ८,३३१ रुपैयाँ ७५ पैसा भाडा दरलाई बढाई १६,२०० सय रुपैयाँ कायम गरिएको छ। अल्टिमेटमपत्र बुझाउन उद्योगी व्यवसायीको समूह उद्योग संघ मकवानपुरको कार्यालय परिसरबाट ब्यानरसहित हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालय पुगेको थियो। उद्योगीले विरोधस्वरूप हातमा कालोपट्टी पनि बाँधेका थिए।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…



ghanashyam