जनकपुरधाम : आत्महत्या गर्नुको प्रमुख कारणमा आर्थिक समस्या सबैभन्दा बढी रहेको मनोविद् पद्मप्रसाद घिमिरेले बताएका छन्।
शनिबार नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले जनकपुरधाममा आयोजना गरेको संवादमा यस्तो बताइएको हो।
आर्थिक कारणले ८० प्रतिशत, पारिवारिक कारणले १५ तथा मानसिक कारणले पाँच प्रतिशतले आत्महत्या गर्ने पाइएको मनोविद् घिमिरेले जानकारी गराए।
कार्यक्रममा सहभागीले नकारात्मक समाचार तथा सूचनाका कारण पनि समाजमा आत्महत्या जस्तो घटनालाई प्रोत्साहन मिल्ने गरेकोमा चिन्ता व्यक्त गरे।
समाजमा बढ्दो आत्महत्याका घटनामा कमी सल्यान पत्रकारले सकारात्मक सन्देशमूलक समाचार र सूचना प्रवाह गर्नुपर्नेमा जोड समेत दिए।
सामाजिक सञ्जालमा आत्महत्याको तस्वीर तथा किशोर किशोरीमा नकारात्मक असर पार्ने किसिमको सामग्री नियन्त्रण र रोकथाम गर्न आवश्यक रहेको सहभागीले बताए।
पत्रकारहरूले पनि समाचार तथा सूचना दिँदा समाजमा सकारात्मक प्रभाव पार्ने किसिमले दिनुपर्नेमा मनोविद् घिमिरेले बताए।
आत्महत्याका घटनामा कमी ल्याउन नैतिक शिक्षामा जोड दिन समेत आवश्यक भएको बताउँदै आत्मबल विकासका लागि योग आवश्यक रहेको मनोविद्हरूको सुझाव छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam