कपिलवस्तुमा १६ किलो अफिम सहित ३ महिला पक्राउ
सनिउल्ला धोबी- कपिलवस्तुको नेपाल भारत सिमानाका कृष्णनगर स्थीत यात्रुगेटबाट नेपाल प्रहरीले १६ किलो अफिम सहित ३ महिलालाई पक्राउ गरेको छ । जिल्लको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेको कमाण्डमा खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ लैजादै गरेको आवस्थामा लागु औषध अफिम सहित ३ महिलालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मानपुर बस्ने वर्ष ४३ की आस कुमारी बुढा, दाङ लमही नगरपालिका वडा नं. ४ लमही बस्ने बर्ष ४८ की नर्मला बिक र रोल्पा घर भई हाल लमही नगरपालिका वडा नं. ४ लमही बस्ने बर्ष ३६ की भावना पुन मगर रहेको प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
सोमबार दिउँसो १ बजे नेपालबाट भारत जादै गर्दा शंकाले खानतलासी पुर्जी अनुसार ति महिलाहरुले कम्मर भागमा कालो कपडामा लुकाएको आवस्थामा अफिम बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी बरामद अफिमको ४० लाख मुल्य पर्ने प्रहरीले जनाएको छ । बरामद अफिमको बारेमा थप अनुसान्धान जारी राखेको प्रहरीले जनाएको छ । पक्राउ परेका महिलाहरुलाई प्रहरी हिरासतमा राखीएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam