काठमाडौं : विवेकशील साझा पार्टीले काम चलाउन सरकारले हालै सिफारिस गरेको अध्यादेश फिर्ता लिएर लोकतन्त्रको साख बचाउन आग्रह गरेको छ। 

पार्टी प्रवक्ता प्रकाशचन्द्र परियारले मंगलबार जारी गरेको विज्ञप्तिमा काम चलाउ सरकारले सत्ता सौदावाजीको कलुषित मनशाय राखेर दुरगामी असर पार्ने अध्यादेश ल्याउने धृष्टता गरेकोप्रति पार्टीको गम्भीर आपत्ति रहेको उल्लेख छ । 

‘लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरी अनैतिक र असंवैधानिक अध्यादेश ल्याउन खोज्नु नयाँ जनमत र संसदको समेत अवमूल्यन हो।’ विज्ञप्तिमा लेखिएको छ, ‘नयाँ सरकार बन्ने प्रकृयाको मुखैमा सरकारले अध्यादेश ल्याउन खोज्न सरकारको यो कदम संवैधानिक, कानुनी, नैतिकता, समय र अभ्यास सबै हिसाबले घोर आपत्तिजनक छ।’ 

TOP