काठमाडौं : सरकारले यस वर्षको अन्तरराष्ट्रिय आप्रवासी दिवस सप्ताहव्यापी रुपमा मनाउने तयारी गरेको छ। ‘वैदेशिक रोजगारबाट प्राप्त सीप, पूँजी र ज्ञानः उद्यमशीलता,रोजगारी र राष्ट्रिय स्वाभिमान’ मूल नाराका साथ दिवस मनाउने तयारी गरेको रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
मन्त्रालयले दिवस सप्ताहव्यापी (१६ डिसेम्बरदेखि २२) मनाउने जानकारी दिएको छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् २००० डिसेम्बर ४ मा प्रस्ताव नं. ५५/९३ पारित गर्दै संसारभर ठूलो संख्यामा रहेका आप्रवासीको सरोकारको दस्तावेज पारित भएको दिन १८ डिसेम्बरलाई अन्तरराष्ट्रिय आप्रवासी श्रमिक दिवसको रुपमा मनाउने गरिएको छ।
दिवस प्रत्येक वर्ष सम्बद्ध सरकारी, गैर सरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक समाज‚ आप्रवासी श्रमिक तथा उनीहरूका परिवार, सञ्चार जगतलगायत सम्बद्ध पक्षहरूको संयुक्त पहलमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ।
विश्वव्यापी करण र सूचना प्रविधिको तीव्र विकासले गर्दा आप्रवासन वर्तमान समाजको अभिन्न आयाम बन्न पुगेको छ। रोजगारीको खोजी, अध्ययन, व्यवसाय, घुमफिर, शरणार्थी जीवन, कामको क्षेत्रगत विविधता लगायत कारणले विश्वमा आप्रवासन हुने गरेको मन्त्रालयले जनाएको छ। आइओएमको तथ्यांकअनुसार संसारभर २८ करोड ५९ लाख मानिस आप्रवासी श्रमिक रहेका छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam