फ्रान्सका खेलाडी करिम बेन्जिमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
काठमाण्डाै – फ्रान्सका खेलाडी करिम बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । स्पेनिस क्लब रियल मड्रिडका मुख्य फरवार्ड समेत रहेका ३५ वर्षका बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।
कतार विश्व कप फुटबल प्रतियोगितामा चोटका कारण उनले खेलेनन् । फ्रान्स विश्व कप फुटबलको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित भएको थियो । त्यसको भोलिपल्ट हिजो बेन्जिमाले सामाजिक सञ्जालमार्फत् सन्यास लिने घोषणा गरेका हुन् ।
फ्रान्सेली फुटबलमा मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प र बेन्जिमाको सम्बन्ध सुमधुर नभएको टिप्पणी हुँदै आएको थियो । त्यसअघि ब्ल्याकमेलिङ काण्डमा फसेपछि बेन्जिमा सन् २०१६ देखि २०२१ सम्म प्रतिबन्धमा रहेका थिए ।
बेन्जिमाले फ्रान्सका लागि ९७ क्याप जित्दा ३७ अन्तर्राष्ट्रिय गोलसहित फ्रान्सका खेलाडीको गोलकर्ता सूचीमा पाँचौँ स्थानमा रहेका छन् । उनी सन् २००६ मा फ्रान्सको टोलीबाट डेभ्यु गरेका थिए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam