काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानका अव्यवस्थित तार हटाउने भएको छ। प्राधिकरणले मंगलबार सार्वजनिक सूचना प्रकाशित गर्दै त्रिपुरेश्वरदेखि बूढानीलकण्ठ चोकसम्म अव्यवस्थित तार हटाउने जानकारी दिएको हो।
प्राधिकरणले विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर तथा पोलमा जथाभावी झुण्ड्याइएका उपकरण हटाउनेछ।
प्राधिकरणले त्यस्ता तार हटाउने जानकारी गत मंसिर १८ गते नै गराएको थियो। प्राधिकरणको आग्रहबमोजिम सेवा प्रदायक संस्थाले सूचनाबमोजिम व्यवस्थापन नभएको पाइएकाले अब यही पुस ११ देखि आफैँ हटाउने भएको हो।
प्राधिकरणले त्रिपुरेश्वर‚ सुन्धारा, रत्नपार्क, केशरमहल, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोकदेखि बूढानीलकण्ठसम्मको अव्यवस्थित तार आफैँ हटाउने भएको हो। प्राधिकरणले नेविप्रा ऐन, २०४१ को दफा १९ बमोजिम अव्यवस्थित तार हटाउन लागेको जनाएको छ।
प्राधिकरणले त्यसबाट हुनसक्ने नोक्सानीका लागि आफू जिम्मेवार नहुने र त्यससम्बन्धी सेवा प्रदायक संस्थाहरू नै जिम्मेवार हुनेसमेत स्पष्ट पारेको छ। उक्त कार्यबाट टेलिफोन, इन्टरनेट, केबल टिभी उपभोक्तालाई पर्नसक्ने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam