काठमाडौं : नेपाल आदिवासी जनजाति महासंघले आदिवासी समुदायबाट प्रतिनिधिसभा र प्रदेश सभाका नवनिर्वाचित सांसदलाई मातृभाषामा सपथग्रहण गर्न अपिल गरेको छ।
महासंघका महासचिव दिवस राईले अपिल जारी गर्दै सपथ ग्रहण कार्यक्रममा आ–आफ्नो मौलिक भेषभुषामा उपस्थित भई मातृभाषामा सपथ लिन आग्रह गर्नु भएको हो।
‘आफ्नो मौलिक पहिचानको संरक्षण र विकासको सुरुवात माननियज्युहरु बाटै सुरु हुनेछ भन्ने पुर्ण बिस्वास गरेका छौं।’ अपिलमा भनिएको छ। संसद सचिवालयले मातृभाषामा सपथ लिने सांसदहरुलाई तिनदिन अघि नाम दर्ता गराउन आग्रह गरेको थियो। जसअनुसार हिजै मातृभाषमा सपथ लिन चाहेका सांसदहरुले नाम दर्ता गराएका संसद सचिवालयले जनाएको छ।
यसै अनुरुप जनता समाजवादी पार्टी, नेपालका प्रतिनिधि सभातर्फका सांसदहरुले मातृभाषामा सपथ लिने भएका छन्। सांसद अशोक कुमार राईले किराँत राई बान्तवा भाषामा, रामसहायप्रसाद यादव र प्रदीप यादवले भोजपुरीमा रञ्जु ठाकुरले मैथीली भाषामा सपथ लिनेछन्।
राजकिशोर यादव, प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, वीरेन्द्रप्रसाद महतो, दीपक कार्की र रेखा यादवले नेपाली भाषामा सपथ लिने जसपाले जनाएको छ। सांसदहरुको भोलि सपथ हुुँदैछ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam