रौतहट : रौतहटको माधव नारायण नगरपालिकाका मेयर बैजु यादवविरुद्ध एकजना माओवादी नेताले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडामा उजुरी गरेका छन्।

मेयर यादवसहित जिम्मेवार कर्मचारीहरूको संलग्नतामा करोडौं रूपैयाँको चलखेल भएको भन्दै नेकपा माओवादी केन्द्र माधव नारायण नगर कमिटी अध्यक्ष देव नारायण भगतले छानबिनको माग गर्दै अख्तियारमा उजुरी दर्ता गराएका हुन्।

मेयर यादवले मनपरी बिल पेस गर्ने, हरेक काम कारबाहीमा भ्रष्टाचार, अपारदर्शी, मनमौजी किसिमले आर्थिक चलखेल गरेको देखिन आएकोले  छानबिनको लागि उजुरी दिएको अध्यक्ष भगतले बताएका छन्।

माधव नारायण नगरपालिकाको आम सचेत नागरिक, संचारकर्मी, प्रशासनिक निकायको संयुक्त पहलमा मेयर र कर्मचारीले आपराधिक मानसिकतामा बिल बजेटको फाइल लुकाएर चोरी भएको आरोप लागेको  अवस्थामा गत १ गते इलाका प्रहरी कार्यालय गरूडाबाट खटेर आएको प्रहरी टोलीले नगर कार्यपालिकाको कार्यालयबाट उक्त फाइल बरामद गरेको थियो।

यसअघि लेखाको केही श्रेस्ता र महत्त्वपूर्ण कागजात लुकाएको आरोपमा माधव नारायण नगरपालिकाका केही करार सेवाका कार्यालय सहयोगी इलाका प्रहरी कार्यालय गरोडाको तारेखमा रहेका छन्

TOP