काठमाडौँ : प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सर्वदलीय बैठक आह्वान गरेका छन्।
प्रतिनिधिसभाका सदस्यहरूलाई शपथ गराउनुअघि जबराले सर्वदलीय बैठक आह्वान गरेको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिएका छन्। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरको शंकरहलमा मध्याह्न १२ बजे शुरु हुनेछ। त्यसपछि दिउँसो १ बजे प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई ज्येष्ठ सदस्य जबराले शपथ खुवाउने कार्यक्रम रहेको प्रवक्ता पाण्डेले बताए।
उनका अनुसार शपथलगत्तै राष्ट्रपतिले संसद् बैठक आह्वान गरेपछि पहिलो बैठकको तयारी गरिनेछ। पहिलो बैठक बसेको १५ दिनभित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएपछि जबराले नयाँ सभामुख चयन नहुँदासम्म संसद्मा सन्तुलनमा रहेर भूमिका निर्वाह गर्ने बताएका छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam