‘उपचार गर्ने पैसा छैन, टालो बाँधेर घाउ लुकाउँछु’
जानु पाण्डे, कपिलवस्तु । “जोड्दै गरेको इँटा खसेर दायाँ तिघ्रामा लागेको थियो । सामान्य चोट होला भनेर स्थानीय मेडिकलमा उपचार गरेँ । निको नभएपछि थप उपचारका लागि बुटवल पुगेँ । हामीजस्तो विपन्न परिवारको मानिसलाई उपचार गर्न कठिन भयो” कपिलवस्तुको बुद्धभुमि –३ टाँकुका ५५ वर्षीय तौलेश्वर थारुले टालाटुलीले छोपेको घाउ देखाउँदै पीडा सुनाउनुभयो ।
उहाँको तिघ्राको हड्डी निकालेर रड राखिएको छ । रड राख्दाको घाउ अझ ठूलो भएको छ । रड वरिपरिको घाउबाट पिप निस्किन्छ । तर उहाँसँग घाउमा लगाउने मलमपट्टी किन्ने पैसा छैन । उपचारका लागि रकम जोहो गर्न नसक्दा तौलेश्वर टालाटुली बाँधेर घाउ लुकाएर बस्दै आएको बताउनुभयो ।
चार कट्ठा जग्गा बेचेर उहाँले रड राखेको सुनाउनुभयो । रड राखेपछिको घाउ पुरिएको छैन । घटनाको समय थाहा नभएको र अन्दाजी ५ वर्ष कटेको तौलेश्वरको छोरा भागिरामले बताउनुभयो ।
एक वर्षपछि उपचार
चोट लागेपछि स्थानीय क्लीनिकमा उपचार गराउँदा हड्डी कुहिएपछि रड राख्नुपरेको उहाँको भनाइ छ । एक वर्षसम्म गाउँघरतिर उपचार गराएको उहाँले सुनाउनुभयो । बाहिर लैजान पैसा थिएन । चितवनमा उपचार गराउँदा हड्डी कुहिएको थाहा भयो उहाँले भन्नुभयो । जग्गा बेचेर आएको लगभग आठ लाख रकम खर्चगरी कुहिएको हड्डीको भाग काटेर रड राखिएको उहाँले बताउनुभयो । रड राखिएपछि अहिलेसम्म डाक्टरसँग चेकजाँच नभएको उहाँले सुनाउनुभयो ।
तौलेश्वरको स्याहार सुसार पत्नी कमली थारुले गर्दै आउनुभएको छ । उहाँले घाउ सफा गर्ने औषधीको सट्टा जडीबुटीको झोल लगाएर घाउ सफा गर्दै आउनुभएको छ । एक जना वैद्यबाट क्यान्सरबाट रोक्ने ओखती भनेर लिएको उहाँको भनाइ छ । घाउ सफा गरेको टालो धोएर घाममा सुकाएर पुनः प्रयोग गर्दै आउनुभएको छ ।
अघिल्लो वर्षसम्म स्वास्थ्य चौकीमा गएर घाउ सफा गर्ने औषधी लगाउने गरे पनि अहिले पैसाको अभावमा उपचार गराउन नसकिएको उहाँले बताउनुभयो । अहिले जडीबुटी ओखती प्रयोग गर्न थालेको उहाँले बताउनुभयो ।
ह्वीलचेयरको सहारा
लामो समयदेखि अपाङ्गता भएको थाहा पाएपछि स्थानीय बाल समूहको पहलमा ह्वीलचेयर पाएको उहाँले बताउनुभयो । रनगाई आशा सञ्जालले किडार्क नेपालको सहयोगमा ह्वीलचेयर प्रदान गरेको थियो । त्यो पाएपछि हिँडडुल गर्न सजिलो भएको तौलेश्वरले बताउनुभयो । ह्वीलचेयरले हिँडडुल गर्न सहज बनाएको उहाँको भनाइ छ । खुट्टाको घाउ निको नहुँदा क्यान्सर हुने डर पलाएको उहाँले बताउनुभयो ।
उहाँले यसअघि इँटाको गारो लगाएर परिवारको गर्जो टार्दै आउनुभएको थियो । घाउ भएपछि त्यो काम पनि छुटेको छ । भएको जग्गा जमिन बिक्री भइसक्यो, घाउ निको भएन उहाँले भन्नुभयो, “अब बचेको यही कच्ची घर र घर भएको जग्गा हो ।” वडा नम्बर ३ का वडा अध्यक्ष गोविन्दप्रसाद आचार्यले तौलेश्वर अति विपन्न भएको हुँदा सहयोग सङ्कलन गरेर भए पनि उपचार गर्नुपर्ने बताउनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam