काठमाडौं : प्रतिनिधिसभाका सदस्यको शपथ ग्रहण बिहीबार दिउँसो हुँदैछ।
संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले संसद् भवन नयाँ बानेश्वरमा दिउँसो दिनको १ बजेका लागि तय भएको जानकारी दिए।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सांसदलाई सपथ गराउने छन्। सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउने व्यवस्था छ।
राष्ट्रिय पोशाक वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित भई दिनसमेत सचिवालयले आग्रह गरेको छ। यो पटक २६ सांसदले नेपालीबाहेक अन्य मातृभाषामा सपथ लिने सचिवालयले जनाएको छ।
मंसिर ४ गते सम्पन्न निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १६५ र समानुपातिक निर्वाचन प्रणालीद्वारा १०९ गरेर २७४ प्रतिनिधिसभा सदस्यले शपथ लिने कार्यक्रम तय भएको छ।
२७५ सदस्यीय प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिइसकेका छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam