काठमाडौं : सिरियल किलरका रुपमा परिचित कुख्यात अपराधी फ्रान्सेली नागरिक चार्ल्स शोभराज आज जेलबाट छुट्ने भएका छन्।
हत्या आरोपमा जन्मकैदको सजाय पाएका उनी १९ वर्षपछि थुनामुक्त हुन लागेका हुन्। उनी आज बिहान १० बजे सुनधारास्थित केन्द्रीय कारागारबाट छुट्ने कारागार व्यवस्थापन विभागले जनाएको छ। अदालतको आदेश बमोजिम उनलाई आफ्नै देश पठाउनका लागि अध्यागमन विभागको जिम्मा लगाइने कारागार व्यवस्थापन विभागका सूचना अधिकारी रामचन्द्र शिवाकोटीले जानकारी दिए।
सर्वोच्चले शोभराजलाई १५ दिनभित्र आफ्नै देश फ्रान्स पठाउने व्यवस्था मिलाउन भनेको छ। बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै १० महिना कैद छुट दिँदै थुनामुक्त गर्न आदेश दिएको थियो। अदालतको आदेश हिजो बेलुकी कार्यालय समय सकिएपछि आइपुगेकाले कानुनी प्रक्रिया पूरा गरी आज मात्रै अध्यागमनलाई बुझाउन लागिएको उनले बताए।
६५ वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरिकले ७५ प्रतिशतभन्दा बढी सजाय काटिसकेको अवस्थामा कैद सजाय छुट दिन सकिने व्यवस्था छ। शोभराजबाट २०३२ साल अमेरिकी नागरिक कोन्निजो ब्रोन्जिजलाई काठमाडौंको मनोहरामा हत्या भएको थियो भने त्यसको दुई दिनपछि क्यानेडियन नागरिक लरेन्ट अरमान क्यारिअरेको भक्तपुरको साँगामा हत्या भएको थियो।
त्यसपछि फरार भएका शोभराजलाई २०६० सालमा काठमाडौं आएका बेला पक्राउ गरिएको थियो। काठमाडौं र भक्तपुर जिल्ला अदालतबाट हत्या अभियोगमा दोषी ठहर भएका उनलाई फरक–फरक समयमा जन्मकैदको फैसला भएको थियो।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…



ghanashyam