काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकार आफ्नो दायित्वबाट पन्छिन नमिल्ने भन्दै चुनाव हारे पनि राजिनामा नदिएको बताएका छन्।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले प्रतिनिधिसभा सदस्य निर्वाचन हारेपछि आफूले राजीनामा दिनका लागि प्रधानमन्त्रीलाई
भेटे पनि प्रधानमन्त्रीले सरकार आफ्नो दायित्वबाट पन्छिन नमिल्ने भन्दै राजीनामा नदिन आग्रह गरेकाले आफूले राजीनामा नदिएको स्पष्ट पारे।
उनले अहिलेको सरकार चुनावी सरकार भएकाले नैतिकवान बनेर नै अर्को सरकारलाई सत्ता हस्तान्तरणपछि बिदा हुने बताए। उनले नैतिकताको विषय उठाएर राजीनामा दिँदा सरकारमा आउने चापको महत्वलाई हेरेर आफ्नो दायित्व पूरा गरेको बताए।
उनले भने, ‘चुनाव हारिसकेपछि राजिनामा नगरी किन बसेको भन्ने प्रश्न छ, यो नेपाली समाज र राजनीतिमा बहसको विषय छ। हामी नैतिकवान हुनुपर्छ त्यसमा कुनै बहस छैन। तर हामी चुनावी सरकारको रुपमा आएकाले हामीले अब बन्ने नयाँ सरकारलाई हस्तान्तरण गरेर मात्रै बिदा हुने हो। यो हाम्रो जिम्मेवारी हो। सबैले नैतिकता भनेर छोडेर हिँड्यो भने त्यो बीचमा पर्नसक्ने समस्यालाई हेरेर हामीले निर्णय लिनुपर्छ। अन्य बेलाको भए त्यसमा बहस हुन्थ्यो । हामीले राजिनामा दिएर हिँड्दा दायित्वबाट पन्छिएको जस्तो हुन्छ। मैले हारिसकेपछि राजिनामा दिन्छु भनेर प्रधानमन्त्रीलाई पनि भेटेको थिएँ। तर उहाँले चुनावी सरकारले नयाँ सरकारलाई हस्तान्तरण गरेर मात्रै बिदा हुने हो दायित्व पूरा गर्नुपर्छ भन्नेकुरा गरेपछि नै म बसेको हो। संविधानले पनि यही परिकल्पना गरेको छ।’
मन्त्रालय मन्त्री श्रेष्ठले चुनावी सरकारले नयाँ बन्ने सरकारलाई जिम्मेवारी हस्तान्तरण गरेपछि नै आफ्नो दायित्व पूरा हुनेकुरा संविधानले परिकल्पना गरेको बताए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam