काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी–२० क्रिकेट प्रतियोगिता शनिबार सुरु हुँदैछ। यसअघि ४ पटक स्थगित भइसकेको प्रतियोगिता शुक्रबार नै सुरु हुने कार्यतालिका भए पनि कमजोर तयारीका कारण एक दिन पछि सारिएको हो।
क्यानले पहिलो पटक नेपाल टी–२० का नाममा फ्रेन्चाइज प्रतियोगिता गर्न लागेको हो।उद्घाटन खेलमा काठमाडौ नाइट्सले पोखरा एभेन्जर्सविरुद्ध खेल्ने छ। खेल बिहान सवा ९ बजे सुरु हुनेछ। शनिबार नै हुने प्रतियोगिताको दोस्रो खेलमा लुम्बिनी अल स्टार र फार वेस्ट युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।
दोस्रो खेल सवा १ बजे त्रिवि मैदान कीर्तिपुरमा सुरु हुने छ। दुवै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने कार्यतालिका छ। यस प्रतियोगिताको फाइनल खेल २७ गते हुने छ।
प्रतियोगिताको हरेक दिन दुई खेल हुने छ। पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहनेछ। यो लिगमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam