काठमाण्डौको दक्षिणकालीमा पानी ट्याङ्कर दुर्घटना : एक जनाको ज्यान गयो, दुई जना घाइते
काठमाण्डौ – काठमाण्डौको दक्षिणकाली नगरपालिका-२ इँटाभट्टामा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।
हिजो बेलुका साढे ६ बजे बा ३ ख ६६५६ नम्बरको पानी ट्याङ्कर दुर्घटना हुँदा ट्याङ्करमै रहेका सिन्धुलीका २१ वर्षका रविन वाइबाको ज्यान गएको प्रहरीले जनाएको छ ।
वाइबाको बयोधा अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । यस्तै, घाइते भएका दुई जनाको पनि यही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीव्र गतिका कारण पानी ट्याङ्कर दुर्घटनामा परेको हो ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…



ghanashyam