काठमाडौं : नेकपा माओवादी केन्द्रले मन्त्रीहरुको विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ।
पार्टी कार्यालय पेरिसडाँडामा बिहान ८ बजेका लागि बैठक बोलाएको हो।माओवादीले सरकारमा पठाउने मन्त्रीका साथै पाउने मन्त्रालयका विषयमा बैठकमा छलफल हुनेछ।
सचिव दिनानाथ शर्माका अनुसार पुरानो गठबन्धन भत्किएर नयाँ बन्नुपर्ने अवस्थाबारे अध्यक्ष प्रचण्डले ब्रिफिङ गर्नुका साथै भावी रणनीतिबारे बैठकमा छलफल हुनेछ।
पार्टी भित्रबाट सरकारमा जानेको नामबारे पनि कुराकानी हुनसक्ने उनको भनाइ छ। प्रचण्डले आजै आफूलाई समर्थन गर्ने दलहरुसँग पनि मन्त्रिपरिषद गठनबारे छलफल गर्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ।
माओवादी पदाधिकारी बैठकपछि गठबन्धनको बैठक बस्दैछ। माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बन्न समर्थन गरेका एमालेलगायतका दलहरुको बैठक बस्न लागेको हो। बैठक संसद भवन नयाँबानेश्वरमा बस्ने छ।
प्रधानमन्त्रीको विषयमा सहमति जुट्न नसक्दा नेपाली कांग्रेससँगको गठबन्धन तोड्दै एमालेलगायतका दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका हुन्।
उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ प्रधानमन्त्री नियुक्त गरेकी हुन्। प्रचण्डले आज अपराह्न ४ बजे पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन्। दाहालले आजै सानो आकारको मन्त्रिपरिषद गठनको तयारी समेत गरेका छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam