मधेस प्रदेशमा निर्वाचित सबै प्रदेश सभा सदस्यलाई ल्यापटप
महाेत्तरी – मधेस प्रदेशमा नवनिर्वाचित प्रदेश सभा सदस्यहरुलाई ल्यापटप वितरण गरिने भएकाे छ । प्रदेश सभामा निर्वाचित सांसदहरुकाे शपथ ग्रहणकाे तयारी भइरहेकाे बेला प्रदेश सभा सचिवालयले सबैलाई ल्यापटप वितरण गर्ने तयारी गरेकाे हाे ।
ल्यापटप खरिदका लागि टेण्डर आह्वान गरिएको छ । खरिद प्रक्रिया पूरा भएपछि ल्यापटप वितरण गरिने सचिवालयका सचिव रञ्जित यादवले बताउनु भयाे ।
‘ल्यापटप वितरणका लागि टेण्डर आह्वान गरिएको छ’ यादवले भन्नुभयाे, ‘सम्पूर्ण प्रकृया पूरा गरेर ल्यापटप हस्तान्तरण गर्नेछौँ ।’
यसअघि पनि प्रत्येक प्रदेश सभा सदस्यहरुलाई ल्यापटप खरिद गरेर वितरण गरिएको थियो । त्यतिबेला सचिवालयले भ्याटबाहेक १ लाख १७ हजार ९७५ रुपैयाँ पर्ने डेल कम्पनीको ३३९० मोडेलको ‘टू इन वान, स्क्रिन टच’ ल्यापटप खरिद गरेको थियो ।
३ वर्षको ‘वारेन्टी’ सर्तसहितकाे खरिद प्रक्रिया अनुसार १ सय १८ वटा ल्यापटप र १ थान सर्भर किन्दा प्रदेश सभाको १ करोड ५९ लाख रुपैयाँ खर्च भएको थियो । अहिले फेरि प्रदेश सभा सदस्यका लागि नयाँ ल्यापटप खरिद गर्न लागिएको छ ।
प्रदेश सभा सदस्यलाई दिने ल्यापटप फिर्ता नगर्ने गरी वितरण गरिने सचिव यादवले बताउनु भयाे । प्रदेश सभा सदस्यहरुलाई शपथ ग्रहण गरेसँगै प्रदेश सभाको लोगो र एक थान ल्यापटप दिने सचिवालयकाे तयारी छ।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam