काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाईटेडले लेस्टर सिटीलाई पराजित गरेको छ।
सोमबार भएको खेलमा न्युकासलले लेस्टरलाई ३-० गोल अन्तरले हराएको हो। खेलको तेस्रो मिनेटमा क्रिस उडले पेनाल्टीमा गोल गर्दै न्युकासललाई सुरुआती अग्रता दिलाएका थिए।
सातौं मिनेटमा मिगुएल अल्मिरोनले गोल गर्दै न्युकासललाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ३२ औं मिनेटमा जोलिन्टनले गोल गर्दै न्युकासललाई ३-० को जित दिलाए । यस जितसँगै न्युकासल लिगको दोस्रो स्थानमा उक्लिएको छ।
न्युकासलले १६ खेलमा ३३ अंक जोडेको छ । लेस्टर १७ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै गएराति भएको खेलमा फुलहमले क्रिस्टल प्यालेसलाई ३-० ले हराएको छ । त्यस्तै ब्राइटनले साउथह्याम्पटनलाई ३-१ ले पराजित गर्दा उल्भ्सले एभर्टनलाई २-१ ले हराएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam