सर्लाहीको दुर्गम बस्ती डाइनीखोलामा पुग्यो बिजुली
सर्लाही : सर्लाहीको चुरे भेगको दुर्गम क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१४ नारायण खोलाको डाइनी खोलामा बिजुली पुगेको छ। नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रले निरन्तर प्रयासपछि जिल्लाको दुर्गम मानिने डाइनी खोलामा बिजुली पुर्याएको हो।
त्यहाँ बिजुली पुगेपछि लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी, वडाध्यक्ष छेनामसिंह घिसिङ र प्राधिकरणको लालबन्दी वितरण केन्द्रका प्रमुख सन्जिवकुमार साहले ट्रान्सफर्मरमा बत्ती बालेर बिजुलीको औपचारिक उद्घाटन गरेका छन्।
नारायण खोलाको मोटरदोभानतर्फ केही वर्षअघि नै बिजुली पुगेको थियो। डाइनी खोलातर्फ भने सत्रकट्ठाबाट पहिलो पटक बिजुली पुर्याएको लालबन्दी वितरण केन्द्रले जनाएको छ। वर्षौंको प्रतीक्षापछि गाउँमा बिजुली बाल्न पाएपछि स्थानीय खुशी भएका छन्।
स्थानीयले अहिले मिटर राखेर बत्ती बाल्न थालेका छन्। वडाध्यक्ष छेनामसिंह घिसिङले कतिपय पोल नहुँदा अझै धेरै घरमा बिजुली पुग्न बाँकी रहेको र त्यसका लागि वडाबाट निवेदन लेखेरै प्राधिकरणसँग ४ सयवटा पोल माग गरेको जानकारी दिए।
उनका अनुसार नारायण खोलाका करिब ९ सय घरधुरीमध्ये भर्खर ३ सय घरधुरी बिजुलीको पहुँचमा पुगेका छन्। त्यहाँको पन्ध्रबिघा, कामिटार, शिरुघारी, होमाले डाँडा, डाइनीशीरलगायत बस्तीमा बिजुली पुग्न बाँकी नै रहेको वडाध्यक्ष घिसिङले बताए। प्राधिकरणले क्रमैसँग सबै ठाउँमा विद्युत् पुर्याउने जनाएको छ।
लालबन्दी वितरण केन्द्रका प्रमुख सन्जिवकुमार साहले पहाडी भेगजस्तै रहेको लालबन्दी १४ नारायण खोला र लालबन्दी १२ भालुखोपको डाँडापाखाका बस्तीमा निकै सङ्घर्षले बिजुली पुर्याइएको बताए।
सडक नपुगेकाले लालबन्दी-१३ पत्थरकोटस्थित छेडा गाउँबाट लखन्देही खोलाको बगर हुँदै जानुपर्ने नारायण खोलाका डाँडापाखामा छरिएर रहेका बस्तीहरू छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam