सल्यान छत्रेश्वरीका किसान किवी खेतीमा आकर्षित
सल्यान : किवी खेतीबाट सल्यानका कृषकले यसबाट राम्रो आम्दानी लिन थालेका छन्। उत्पादित किवी बारीबाटै बिक्री हुने भएपछि जिल्लाका किसानले खेती थप विस्तार गर्दै लगेका छन्।
थोरै लगानी र कम परिश्रमबाट पनि राम्रो आम्दानी गर्न सकिने भएपछि सल्यानका किसान यसको खेतीतर्फ आकर्षित भएका हुन्। छत्रेश्वरी गाउँपालिका बुराँसेका तेजबहादुर योगीले किवी खेतीबाटै वार्षिक ८ देखि १० लाख बचत गर्दै आएको बताए। उनी सल्यानमै पहिलो व्यावसायिक किवी खेती गर्ने किसान हुन्। उनले चार रोपनी जग्गमा यसको खेती गर्दै आएका छन्। ‘लगाएको पहिलो वर्षबाट नै प्रतिफल लिन सकिने भएकाले पनि किवी खेतीतर्फ सबैको आकर्षण बढेको छ’, उनले भने।
‘सुरुमा खेती गर्दा यसबाट आम्दानी होला भनेर विश्वास नै लागेको थिएन’, बुराँसेकै नन्दकला कुँवरले भनिन्, ‘अहिले उनले वार्षिक ३ देखि ४ लाख रुपैयाँ आम्दानी हुन थालेको छ। पहिले गाउँघरका सबैले लगाएपछि अर्काको देखासिखी गरेर किवी लगाएको बताइन्।
व्यापारीले बारीबाट नै प्रतिकिलो १५० रुपैयाँका दरले खरिद गर्ने गरेको किसान चित्रबहादुर केसीले बताए। सुरुमा परीक्षणका लागि लगाएको किवीले राम्रो उत्पादन र बजार मूल्य पनि राम्रो पाइरहेको उनले बताए।
कम दु:ख कम र थोरै लगानीबाट धेरै आम्दानी लिन सकिने भएपछि यहाँका किसान पछिल्लो समय किवी खेतीतर्फ आकर्षित भएका हुन्। छत्रेश्वरी बाहेक त्रिवेणी र कपुरकोटका किसानले पनि व्यावसायिक किवी खेती गर्दै आइरहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ।
कृषि विकास कार्यालय सल्यानको तथ्यांकअनुसार जिल्लामा वार्षिक ७२ टन किवी उत्पादन हुन्छ। केही जिल्लाभित्रै खपत हुन्छ। अधिंकाश जिल्लाबाहिर निर्यात हुने गरेको कृषि विकास कार्यालय सल्यानका प्राविधिक सहायक मुकुन्द शर्माले बताए। सल्यानको हावापनी र भूगोल अनुकुल भएकाले पनि किवी खेतीको राम्रो सम्भावना रहेको उनको भनाइ छ।
किवी खेती प्रवर्धन गर्न चक्लाबन्दी कार्यक्रम अन्तर्गत अर्गानिक उत्पादनमा जोड दिइएको शर्माले बताए। उत्पादन भएको किवी काठमाडौं, पोखरा, विराटनगर, धनगढी र बुटवललगायत ठूला शहरका साथै भारतमा समेत निर्यात हुनेगरेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam