कर्मचारी परिषद्को चेतावनी : कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन बाध्य नपार्नू

काठमाडौं : नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालयमा प्रधानाध्यापक र व्यवस्थापन समितिले कर्मचारीहरूलाई करकाप गरेर राजनीतिक दलहरूको सदस्यता लिन बाध्य पारेको भन्दै यस्तो क्रियाकलाप बन्द गर्न आग्रह गरेको छ। परिषद्ले प्रेस विज्ञप्ति नै जारी गरेर यस्तो आग्रह गरेको हो।

परिषद्ले विभिन्न समयमा पटक-पटक जानकारी गराउँदा पनि अझै धेरै विद्यालयका कर्मचारीहरूलाई शिक्षक संगठनहरूले आफ्नो राजनीतिक आस्थाको लागि करकापमा पारेर सदस्यता लिन बाध्य पारेको जनाएको छ।

‘सदस्यता लिन बाध्य पारिएको विषयमा हाम्रो संस्थामा जानकारी प्राप्त भएको हुँदा व्यक्तिगत स्वतन्त्रतामाथि अंकसश लगाउने कार्यलाई बन्द गर्न अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ। कुनै कर्मचारीबाट लिखित निवेदन परेमा संस्थाको विधानबमोजिम अगाडि बढ्ने चेतावनी परिषद्ले दिएको छ।

TOP