स्ववियु चुनाव चैत ५ मा गर्न प्रस्ताव
काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) विद्यार्थी कल्याण तथा खेलकुद परिषदले आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न प्रस्ताव गरेको छ।
बिहीबार बसेको परिषदको बैठकले कार्यकारी परिषदलाई निर्वाचन गर्न प्रस्ताव गरेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए।
उनले थाहाखबरसँग भने,‘परिषदले कार्यकारी परिषदलाई चैत ५ गते निर्वाचन गराउने भनेर प्रस्ताव गरेको हो,अब निर्णय कार्यकारी परिषद्ले गर्छ।’
त्रिविका तत्कालीन कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले समयमै स्ववियु निर्वाचन गर्न त्रिविलाई निर्देशन दिएपछि त्रिविले फागुन १४ मा गर्ने गर्ने तयारी गरेको थियो। त्रिविले यसका लागि आंगिक क्याम्पसहरूलाई तयारी गर्न भनेको थियो।
तर, त्रिवि विद्यार्थी कल्याण परिषद्ले आगामी फागुन २८ मा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने प्रस्ताव गरेको थियो। तर,फेरि समय धकेलिएको छ। नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले चैत ५ गते स्ववियु चुनाव गर्न आफूहरू तयार रहेको जानकारी दिए।
१४ वर्षदेखि स्ववियु निर्वाचन हुन सकेकाे छैन।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam