ट्याक्टरको ठक्करबाट अर्घाखाँचीमा १ को मृत्यु
सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्कमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका-१ तुम्कोट निवासी ६७ वर्षीय चन्द्रबहादुर नेपाली रहेका छन्।
सन्धिखर्कबाट तुम्कोट जाँदै गरेको लु ११ प ५५८० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको लु २ त १७६३ नम्बरको ट्याक्टरले ठक्कर दिँदा घाइते भएका मोटरसाइकलचालक नेपालीको उपचारको क्रममा मेडिकल कलेज भैरहवामा मुत्यु भएको हो।
ठक्कर दिने चालक र गाडी नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण घिमिरेले जानकारी दिए।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam