रियल मड्रिड पराजित
काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड पराजित भएको छ। शनिबार राति भएको खेलमा रियललाई भिल्ला रियलले २-१ गोल अन्तरले हराएको हो।भिल्ला रियललाई जित दिलाउन एरिमी पिनो र जेरार्ड मोरेनोले एक एक गोल गरे। रियलका करिम बेन्जिमाले एक गोल फर्काए।
खेलको ४७ औं मिनेटमा पिनोले गोल गर्दै भिल्ला रियललाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ६० औं मिनेटमा बेन्जिमाले पेनाल्टीबाट गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा ल्याए।त्यसपछि खेलको ६३ औं मिनेटमा मोरेनोले गोल गर्दै रियललाई २-१ को जित दिलाए ।
जितसँगै भिल्ला रियल पाँचौं स्थानमा उक्लिएको छ। भिल्लाले १६ खेलमा २७ अंक जोडेको छ। रियल ३८ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ।हारसँगै रियलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam