एफए कप : म्यानचेस्टर सिटी चाैथो चरणमा प्रवेश, चेल्सी पराजित
काठमाण्डाै – म्यानचेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा चेल्सीलाई ४–० गोल अन्तरले हराउँदै सिटी विजयी भएको हो ।
सिटीका लागि रियाद महरेजले दुई गोल गरे भने जुलियन अल्भारेज र फिल फोडेनले एक/एक गोल गरे ।
यस्तै, राति नै भएका अरु खेलमा डर्बीले बर्नलीलाई र स्टोक सिटीले हार्टलीपोललाई समान ३–० गोल अन्तरले हराए । त्यसैगरी, नर्विच ब्लाक बर्नसित १–० गोल अन्तरले पराजित भयो भने एस्टोन भिल्ला स्टेभेन्जसँग २–१ ले पराजित भयो ।
कार्डिफ र लिड्सले भने २–२ गोल गर्दै बराबरी गरे । यस्तै, ब्रिस्टोल र स्वान्सी सिटीले एक/एक गोलको बराबरी खेले ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam