मधेस प्रदेशमा जसपाले आज संसदीय दलको नेता छान्दै

काठमाडौं : जनता समाजवादी पार्टी जसपाको मधेसप्रदेश संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुँदैछ। 

आज बिहान ९ देखि ११ बजेसम्म संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ। साँझ ५ देखि ६ बजेसम्म मतदान हुने जसपा संसदीय दलको निर्वाचन समितिका संयोजक लालकिशोर साहले बताए। 

जसपा मधेश प्रदेशसभाको संसदीय दलका नेताका लागि मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोज यादव र नेता रामअशिष यादव प्रमुख दाबेदार छन्। 

राउतको नाममा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत दलका नेता चयन गर्न लागिएको हो। मधेश प्रदेशसभामा जनता समाजवादी पार्टीका १६ जना प्रदेशसभा सदस्य छन्। 

TOP