पृथ्वी जयन्तीमा बिदा दिने निर्णयप्रति जनजाति महासंघको आपत्ति
काठमाडौं : नेपाल आदिवासी जनजाति महासंघले सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने गरेको निर्णयप्रति आपत्ति जनाएको छ।
सोमबार पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष गेल्जे शेर्पाले पृथ्वी जयन्तीमा बिदा दिने सरकारको निर्णयको विरोध गरे। ‘गणतन्त्र नेपालमा कुनै राजाको जन्मदिनलाई एकता दिवस मनाउनु प्रतिगमनकै पहिलो कदम हो’, उनले भने।
मन्त्री तथा सांसदको शपथ ग्रहणमा दौरा सुरुवाललाई राष्ट्रिय पोशाक र नेपालीलाई राष्ट्रभाषा बनाउने गरी क्रियाकलाप भएको भन्दै उनले आपत्ति जनाए। ‘यो बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक, बहुराष्ट्रियता र बहुजातीयता विपरीत छ’, उनले भने।
राज्यको पछिल्लो गतिविधि ऐतिहासिक जनआन्दोलन, जनयुद्ध, मधेश विद्रोह, थरुहट आन्दोलन र आदिवासी आन्दोलनबाट प्राप्त उपलब्धिहरू गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशी व्यवस्था विपरीत भएको पनि महासंघले आरोप लगाएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam