दाङमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, दुई घाइते
काठमाडौं : दाङको घोराही उपमहानगरपालिका ११ अवलडाँडामा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। घोराही १० का १८ वर्षीय सरोज चौधरीको मृत्यु भएको हो।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा राति पौने २ बजे उनको मृत्यु भएको हो। दुर्घटनामा मोटर साइकल चालक सोही स्थानका १९ वर्षीय मंगल चौधरी र मोटरसाइकलमै सवार अन्दाजी २३ वर्षीय ऋषिराज चौधरी घाइते भएका छन्। उनीहरूको पनि सोही अस्पतालमै उपचार भइरहेको छ।
ऋषिराजको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । रा ४ प ६०५१ नम्बरको मोटरसाइकल गएराति साढे १२ बजे अनियन्त्रित भई सडक देखि अन्दाजी १५ मिटर तल खेतमा खसेको इलाका प्रहरी कार्यालय नारायणपुर दाङले जनाएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam