जनशक्ति अभावले नेपाली दूतावासले काम गर्न सकेनन् : सचिव पौडेल
काठमाडौँ : परराष्ट्र सचिव भरतराज पौडेलले विदेशस्थित नेपाली दूतावासमा जनशक्ति कमी हुँदा आवश्यक काम गर्नै अप्ठ्यारो भएको खुलासा गरेका छन्। बिहीवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले विदेशस्थित नेपाली दूतावासहरू सानो क्षमताका भएकाले क्षमता बढाई आगामी दिनमा संरचना सुधार गर्नुपर्नेमा जोड दिए। उनले वैदेशिक रोजगारीमा नागरिक पठाउने नेपालजस्तै अरू देशका दूतावासको क्षमता बढी रहेको दाबी गरे। उनले नेपालभित्रै रोजगारी सिर्जना गर्नसक्नुपर्ने बताए।
उनले देशभित्रै लगानीमैत्री वातावरण बनाउन सके मात्रै नेपालले आर्थिक विकास गर्न सक्ने बताए। उनले राज्यले गुणस्तरीय उत्पादन गर्ने परिस्थिति सिर्जना गर्न सक्नुपर्ने बताए।
उनले भने, ‘हाम्रा झन्डै आधाभन्दा बढी मिसन वैदेशिक रोजगारीमा जाने नेपालीको सेवामा लाग्नुपरेको छ। ३,४ जनाले कति काम गर्न सक्छन् ? मुलुकको आर्थिक स्थिति पनि हेर्नुपर्छ। धेरै वर्षअघि खुलेका संरचनाको सुधार हुनु जरुरी छ।’
वैदेशिक रोजगारीमा जानेहरूको समस्या समाधान गर्दैमा दिन बित्ने भएकाले आर्थिक विकासका लागि अन्य क्षेत्रमा बुझ्ने समय नै रहेको उनको भनाइ छ। थप जनशक्तिबिना आर्थिक गतिविधिका लागि सम्बन्धित राष्ट्रमा आर्थिक आयामबारे काम गर्न नसकिने अवस्था रहेको उनको कथन छ।
सचिव पौडेलले नेपालले पछिल्लो समय चियाको निर्यात बढाउँदै गएको पनि बताए। उनले नेपाली व्यापारीहरूले नै पछिल्लो समयमा विदेशबाट चियाको माग बढी आइरहेकाले माग परिपूर्ति गर्नसक्ने वातावरण सरकारले बनाइदिनुपर्ने गुनासो गरेको बताए।
उनले भने, ‘नेपालको चिया केही मुलुकमा पहिला जाँदो रहेनछ, त्यहाँ अहिले जान थालेको छ। अब अहिले मागअनुसार पूर्ति गर्नसक्छौँ कि सक्दैनौँ भन्ने रहेको छ।’
हस्तकलाजन्य वस्तुको व्यापार मेला गर्ने कुरामा जोड दिएको बताउँदै गत सालको भन्दा ५० प्रतिशत निर्यात गरेको स्पष्ट पारे। यसैगरी सूचना प्रविधि क्षेत्रमा पनि राम्रो सम्भावना रहेको उल्लेख गरे।
उनले भने‚ ‘काठमाडौंमै बसेर हाम्रा युवा सफ्टवेयर र आइटी रिलेटेड सोलुशन बनाएर निर्यात गरिरहनु भएको छ। त्यसमा हामीले नीतिगत कुरामा सहयोग गर्ने हो भने राम्रो हुनेछ। यसमा राम्रो फाइदा छ।’
सचिव पौडेलले पछिल्लो समय नेपालबाट चियाका साथै हस्तकला र आइटीका सामग्रीको माग विदेशमा बढेको बताए। निर्यात बढाउन सरकारले नीतिगत कुरामा सहयोग गरे राम्रो हुने बताए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam