घनश्याम भूसाल शुक्रबार एकीकृत समाजवादी प्रवेश गर्ने
काठमाडौं : नेकपा एमाले छाडेका घनश्याम भूसाल शुक्रबार नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन्।
बानेश्वरको एक होटलमा दिउँसो २ बजे औपचारिक कार्यक्रम गरी भूसाल समाजवादी प्रवेश गर्न लागेका हुन्। भूसाललाई तत्काल समाजवादीले सचिवालय सदस्य मनोनीत गर्ने तयारी गरेको छ।
उनलाई केही समयपछि पार्टीको महासचिव बनाउने तयारी गरिएको समाजवादीका नेताहरू बताउँछन्।
भूसाल गत मंसिर ४ को निर्वाचनमा रुपन्देही १ बाट उम्मेदवार बनेका थिए। नेकपा एमालेले टिकट नदिएपछि पार्टी छाडेर उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। पछि उनलाई नेकपा माओवादी केन्द्रसहित तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam