डडेल्धुरामा बालकको हत्या गरी खाल्डोमा गाडेको भेटियो
डडेल्धुरा : डडेल्धुरामा एक बालकको हत्या गरी खाल्डोमा गाडिएको अवस्थामा शव फेला परेको छ।
जिल्लाको आलिताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको हत्या गरेर खाल्टोमा पुरिएको अवस्थामा शव फेला परेको हो।
इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक निरीक्षक गंगादत्त बडू नेतृत्वको प्रहरी टोली अहिले घटनास्थलमा अनुसन्धान गरिरहेको छ। बालक पुस १२ गतेदेखि बेपत्ता रहेका थिए।
मृतक बोहरा स्थानीय समैजी आधारभूत विद्यालयमा कक्षा १ मा अध्यययनरत थिए। उनको परिवारले समेत उनी हराएको प्रहरीलाई जानकारी दिएका थिएनन्।
पुस २७ गते स्थानीयले बालक हराइरहेको सूचना प्रहरीलाई दिएका थिए। बालकका बुवा गजेन्द्र बोहरा रोजगारीको सिलसिलामा भारतमा रहेका छन्।
बालकलाई निर्घात कुटपिटपछि हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam