वेत्रावतीमा आज गोरु जुधाउने प्रतियोगिता हुँदै
रसुवा : आज मकर संक्रान्ति तथा माघे संक्रान्ती पर्वका अवसरमा नेपालकै एकमात्र मौलिक प्रतियोगिता र परम्परा मानिने गोरु जुधाई जात्रा फरक नमुनाको रुपमा लिने गरिन्छ।
करिब एक सय पचास बर्ष पहिले नुवाकोट तारुकाबाट सुरु गरिएको गोरु जुधाई जात्रा अहिले सांस्कृतिक पर्वकै रुपमा बिभिन्न जिल्लामा मनाउन लागिएको छ।
चाकु, तरुलजस्ता मिठामिठा परिकार खाएर मनाइने यो पर्व गोरुको घमासान घम्साघम्सी भएको मनोरञ्जन लिन रसुवा र नुवाकोट जिल्लाको सिमाना रहेको ऐतिहासिक धार्मिक तिर्थस्थल वेत्रावतीमा बर्षौ देखि हजारौंको संख्यामा मानिसहरु आउने गरेका छन्।
आज बेत्राबतीमा नौ हल गोरु जुधाईने गोसाईकुण्ड युवाक्लबले जनाएको छ भने जिल्लाभर पचास हल भन्दा बढी गोरुजुधाई हुने आयोजकहरुले बताएका छन्।
गोरु पाल्ने किसानहरूको हकहित र नेपालको कृषि तथा पशु पर्यटन तथा आन्तरिक एवं वाह्य पर्यटनमा बृद्धि गर्दै मौलिक संस्कृति, परम्पराको जर्गेनामा समेत सहयोग पुग्ने अपेक्षा आयोजकले गरेको छ।
बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह तारुका चन्दनीस्थित मामाघर आउँदा भन्जालाई स्वागत र मनोरञ्जन गराउन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा पहिलो पटक सुरु गरेको विश्वास गरिन्छ।
विसं १८४९ असोज १७ गते नेपाल र चीनबीच वेत्रावतीमा भएको सन्धीको खुसियाली तथा बेत्रावती सन्धीको सम्झनालाई जिवन्त राख्न गोरु जुधाउने परम्पराको सुरु भएको स्थानीयको भनाइ छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam