पल शाहविरुद्धको मुद्दाको फैसला आज
काठमाडौं : किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेका अभिनेता पल शाह विरुद्धको मुद्दामाथि तनहुँ जिल्ला अदालतमा मंगलबार सुनुवाइ हुने भएको छ। बारम्बार पेशी तोकेर स्थगन हुँदै आएको मुद्दामा मंगलबार सुनुवाइ तोकिएको छ।
शाहमाथिको मुद्दाको नवलपुर अदालतको फैसला माग गरी हाल अनुसन्धान भइरहेको र मंगलबार सुनुवाइको मिति तोकिएको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। थप अनुसन्धानको लागि नवलपुर अदालतको फैसला मगाएको पनि उनले जानकारी दिए।
शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो । तर नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा भने साढे दुई वर्ष कैद सजाय तोकेको छ। नवलपुर अदालतमा चलेको मुद्दा के कस्तो अवस्थामा चलेको छ फैसला भए फैसलाको प्रमाणित प्रति उपलब्ध गराउन तनहुँ जिल्ला अदालतले पत्राचार गरेको शाहको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए। न्यायाधीश कमलप्रसाद आचार्यले नवलपुर अदालतको फैसलाको माग गरेको तनहुँ जिल्ला अदालतले जनाएको छ ।
नवलपुर अदालतको फैसलाविरुद्ध शाहले उच्च अदालत पोखरामा निवेदन दिएका छन्। गत फागुन ११ गते किशोरीका बुवाले आफ्नी छोरीमाथि शाहले पटक–पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए। पहिले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिए पनि पछि किशोरीले बयान फेरेकी थिइन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam