प्रदेशमा स्थायित्व, सुशासन र विकासको काम गर्छौं : मुख्यमन्त्री जमकट्टेल
काठमाडौँ : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत प्राप्त भएको छ।
हेटौंडामा आज बसेको प्रदेशसभा बैठकबाट जमकट्टेलले विश्वासको मत प्राप्त गरेका हुन्। उनको पक्षमा संसद्मा प्रतिनिधित्व गर्ने ७ मध्ये ६ दल रहेका थिए। विश्वासको मत प्राप्त गर्न ५६ सांसद आवश्यक रहेकोमा उनको पक्षमा १०५ सांसदले मत दिएका थिए भने विपक्षमा ३ जना सांसदले मतदान गरे।
नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), हाम्रो नेपाली पार्टी र प्रतिपक्षमा बस्ने गरी नेपाली काँग्रेसले समेत विश्वासको मत दिएको छ। उनको विपक्षमा नेपाल मजदुर किसान पार्टीका ३ सांसदले मतदान गरेका छन्।
विश्वासको मत प्राप्त गरेसँगै सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री जमकट्टेलले संसद्मा सहभागी अधिकांश दलले मत दिएको र सबै दलको विश्वासले खण्डित नगर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए। उनले ७ मध्ये ६ दलबाट विश्वासको मत आउनुले नयाँ सन्देश प्रवाह भएको र जनताको सेवामा आफू काम गर्ने बताए।
उनले भने, ‘आज बागमती प्रदेश सरकारले अगाडि बढाएको छ। यसमा सबै एकै ठाउँमा हुनुभएको छ। नेपाल मजदुर किसान पार्टी बाहेक अरू प्रदेशसभामा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दल एकै ठाउँमा उभिएका छौँ। हामी मूल रूपमा प्रदेशमा स्थायित्व, सुशासन र विकासको निम्ति एक ठाउँमा छौँ भन्ने सन्देश विश्वासको मतले दिएको छ।’
मुख्यमन्त्री जमकट्टेलले बागमती प्रदेश सरकारले जनताको चाहनानुसार पूर्ण रूपमा प्रदेशमा स्थायित्व, सुशासन र विकासको निम्ति काम गर्ने बताए।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam