घरमा शौचालय नबनाउने कर्मचारीलाई कारबाहि
कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. ७ का अध्यक्ष दिनेश चौधरीले वडा अन्तर्गतमा रहेका घरमा शौचालय नबनाएका कर्मचारीहरुलाई कारबाहि गर्नु भएको छ ।
स्वच्छ सफा वडा अभियान अन्तर्गत घरमा शौचालय नबनाएका ४ जना कर्मचारीहरुलाई कार्वाहि गरिएको वडा अध्यक्ष चौधरीले बताउनु भयो । वडामा सरसफाई लागु भईुकेकोले वडामा बसोबास गर्ने कर्मचारीहरुलाई बारम्बार घरमा शौचालय बनाउन अनुरोध गर्दा समेत अटेर गरेपछि विभागिय कारवाहिका लागि गाउँपालिकामा सिफारिस गरिएको वडा अध्यक्ष चौधरीले बताउनु भयो ।
शौचालय नबनाएरको भएर कार्वाहि पर्नेहरुमा कृषि विकास शाखा विजयनगरमा कार्यरत संजय कुमार गुप्ता तेली, तारा माध्यमिक विद्यालय मगरघट्टामा विजयनगर वडा नं. २ मा कार्यरत जगनारायण गुप्ता तेली, जनज्योति आधारभूत विद्यालय ढोढरीमा कार्यरतम मुस्लीम मुसलमान, र नाली जाम गरी सडक फोहोर गरेका विजयनगर गाउँपालिका वडा नं. ३ का वडा कार्यालय सहयोगी दयाराम लोनियलाई विभागिय कारवाहिको सिफारिस गरिएको अध्यक्ष चौधरीले बताउनु भयो ।
गाउँपालिकाले कारबार्हि सिफारिसमा परेकाहरुलाई कार्यालयमा बोलाई स्पष्टिकरण लिई कारवाहि प्रक्रिया अघि बढाइने गाउँपालिका अध्यक्ष गोपाल थापाले बताउनु भयो । वडा नं. ७ ले सुरु गरेको सरसफाई अभियान अब पालिकाका अन्य वडामा पनि संचालन गरिने अध्यक्ष थापाले बताउनु भयो ।
कर्मचारीले नै शौचालय बनाउन अटेर गर्नु ,कर्मचारी कै घरमा शौचालय नहुनु लज्जास्पद भएको समेत उहाँले बताउनु भयो । साथै पहिलो पटक कारबार्हिको सिफारिसमा परेका कर्मचारीले अटेर गरी अझै घरमा शौचालय नबनाए उनीहरुको तलब कट्टा गरि शौचालय बनाइदिने अध्यक्ष थापाले बताउन् भयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam