हतियार सहित ईश्वरपुरबाट युवक पक्राउ
सर्लाही : सर्लाहीको बयलवास बजारबाट बुधबार हतियारसहित एक युवक पक्राउ परेका छन्।
ईश्वरपुर नगरपालिका–५, नरेशखोरका २२ वर्षीय सञ्जितकुमार महतो हतियारसहित पक्राउ परेका हुन्। महतोको साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
उनलाई इलाका प्रहरी कार्यालय ईश्वरपुर केशरगन्जको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार महतोले मोटरसाइकल चोरी गर्दै आएका थिए। जिल्लाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएका पीडितसँग पैसा असुल्ने गरेको उजुरीको आधारमा प्रहरीले विशेष सुराकीको आधारमा महतोलाई बुधबार मध्याह्न ईश्वरपपुर नगरपालिका–६, बयलवास बजारबाट पक्राउ गरेको हो।
महतोले मोटरसाइकल चोरी गरी पीडितलाई भारतसम्म बोलाएर २५, ३० हजार रुपैयाँ माग्ने गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी विजय श्रेष्ठले बताए।
महतोलाई नियन्त्रणमा लिएर खानतलासी लिँदा उनले शरीरमा लुकाएर बोकेको पेस्तोल र गोली बरामद भएको डीएसपी श्रेष्ठले जानकारी दिएका छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam