वीरगञ्जको नारायणी अस्पतालमा आजदेखि डायलासिस सेवा सुचारु
वीरगञ्ज । वीरगञ्जमा रहेको नारायणी अस्पतालमा आइतबारदेखि डायलासिस सेवा सुचारु भएको छ। अस्पतालमा अवरुद्ध रहेको किड्नी डायलासिस सेवा आइतबारदेखि सुचारु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिनुभयो।
नारायणी अस्पताललाई सरकारले कोभिड–१९ विशेष अस्पताल घोषणा गरेपछि गत वैशाख २ गतेदेखि अवरुद्ध रहँदै आएको डायलासिस सेवा सुचारु भएको डाक्टर उपाध्यायले बताउनुभयो। उहाँले अस्पतालको आकस्मिक कक्षाबाट यसअघि देखि नै सर्पदंश तथा ज्वरो क्लिनिकको सेवा निरन्तर जारी नै रहेको बताउनुभयो।
अस्पतालको सधारण सेवा सञ्चालनको लागि आवशयक सरसफाई तथा निर्मलीकरण गर्ने कार्य तीव्र रुपमा भइरहेको उपाध्यायको भनाइ छ।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…


