पुस्तक पढ्ने बानीले जीवनोपयोगी ज्ञानको विकास हुन्छ : मन्त्री उप्रेती
सर्लाही : पुस्तक पढ्ने बानीले जीवनोपयोगी ज्ञानको विकास हुने रक्षामन्त्री हरिप्रसाद उप्रेतीले बताएका छन्।
बिहीवार सर्लाहीको बागमती नगरपालिका १० मा रहेको साना किसान कृषि सहकारी संस्थाद्वारा सञ्चालित साना किसान सामुदायिक पुस्तकालय उद्घाटन गर्दै मन्त्री उप्रेतीले फुर्सदका समयमा पुस्तक पढने गर्नाले बाहिरी ज्ञान र जीवनोपयोगी ज्ञानगुणका कुरा जानकारी हुने बताएका छन्।
उनले कृषि सम्बन्धी पुस्तक रहेकाले यस पुस्तकालयले किसानका लागि अझ उपयोगी र प्रभावकारी हुने बताए।
पुस्तकालयमा सहकारी सम्बन्धी पुस्तक, कृषि, पशुपालन, मानव स्वास्थ्य, वातावरण संरक्षण कृषि व्यवसाय, उद्यमशीलता विकास, जैविक मल र बिषादी बनाउने सम्बन्धी पुस्तक राखिएको पुस्तकालय व्यवस्थापन समितिका संयोजक भुवन निरौलाले जानकारी दिए।
उनका अनुसार आगामी दिनमा अन्य विधाका पुस्तक समेत राखिने बताए।
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
भदौ १५, २०८३
विजयनगर, १५ भदौ । अस्थायी प्रहरी पोष्ट खडैचाले सर्पदंशबाट बच्ने उपायबारे सर्वसाधारण नागरिकलाई सचेत गराइएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम…



ghanashyam