२० केजी चरेस,नेपाल बाट पास भारतमा पक्राउ

कपिलवस्तु ।

कपिलवस्तुको कृष्णनगर बाट भारत प्रवेश गर्दै गर्दा भारती प्रहरीले ठूलो परिणामको चरेक पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अन्तर्गत दशगजामा जोडिएको लिंक गेट अगाडिबाटै भारतीय एसएसबीले एक जना व्यक्तिलाई २० किलो चरेशसहित पक्राउ गरेको छ । भारतीय एसएसबीले राती ९ बजे नेपालबाट भारत प्रवेश गर्दै गर्दा स्थानीय अव्दुर रसिदलाई समातेको हो । उनी भारतीय मोटरसाइकलको पछाडि चरेश लिएर नेपालबाट मूल गेट हुँदै प्रवेश गरेका थिए ।
तत्कालिन गृहमन्त्री रवि लामिछानेको ठाडो आदेशमा गरिएको काज सरुवा लिएर बिहिबार कृष्णनगर आएका प्रहरी निरिक्षक नवराज ढुंगेलले यहाँको अवस्थालाई बेवास्ता गर्दा ठूलो उपलव्धि गुमेको स्थानीयको भनाइ छ ।
यसरी मुख्य प्रवेशद्वार बाटै चरेस भारत जाँदै गर्दा नेपाल प्रहरी बेखबर हुनुले प्रहरीप्रती आशका सिर्जना भएको छ । स्रोतका अनुसार गिरोहले चन्द्रौटा बाट भारत प्रवेश गराउदै गरेको सुचना भारतीय प्रहरीले पाएको थियो ।

TOP