मन्त्रीहरूले संविधानविपरीत टिप्पणी गरेको मान्दैनौँ : बस्नेत
काठमाडौं : सत्तारूढ नेकपा (माओवादी केन्द्र)का सांसद एवम् पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रीहरुले संविधानको मूल्य र मान्यताविपरीत फेरि टिप्पणी गरे स्वीकार्य नहुने चेतावनी दिएका छन्।
सरकारका केही मन्त्रीहरुले संघीयताविरुद्ध अभिव्यक्ति दिइरहेका बेला उनको यस्तो यस्तो धारणा राखेका हुन्। बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बस्नेतले मन्त्रीहरुलाई संविधानको मूल्यभन्दा बाहिर गएर अभिव्यक्ति दिने काम फेरि नगर्न सचेत गराए।
उनले सरकार संविधान कार्यान्वयन गर्ने निकाय भएकाले त्यसमा रहेका मन्त्रीहरुले त्यस्ता खालका गल्ती गर्न नहुने स्पष्ट पारे। सांसद बस्नेतले भने, ‘संसदमा यो विषयमा बहस एक हदसम्म स्वीकार्य पनि छ। सडकमा यसको बहस एक हदसम्म स्वीकार्य पनि होला। हरेकले आ–आफ्नो मूल्य र मान्यतालाई स्वीकार गरेर अघि बढलान्। सरकार संविधानको कार्यान्वयन गर्ने संस्था क्याविनेट र क्याबिनेटका सदस्यहरुले संविधान संविधानका मूल्यभन्दा बाहिर गएर गर्ने टिप्पणी स्वीकार्य हुन सक्दैन। र, यस्ता प्रकारका गल्तीहरु आगामी दिनमा नहून्। यस्ता कुराहरुलाई सच्याइयोस् भन्ने कुरा सभामुख महोदयमार्फत राख्न चाहन्छु।’
सांसद बस्नेतले राजनीतिक दलहरुलाई आ–आफ्नो दृष्टिकोण स्थापित गराउने छुट भए पनि सरकारमा रहेका मन्त्रीहरुलाई जथाभावी बोल्ने अनुमति संविधानले नदिएको पनि स्मरण गराए।
उनले परिवर्तनकारी शक्तिहरुलाई स्वीकार गर्ने आँट नभएकाले पनि मुलुकमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा भने परिवर्तन आउन नसकेको दाबीसमेत गरे।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam