परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलङ्का जाँदै
काठमाडौं : परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलङ्का जाँदै छिन्।
श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा श्रीलङ्काका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा उनी श्रीलङ्का जान लागेकी हुन्।
शुक्रबार र शनिबार आयोजना हुने दिवससँगै स्वतन्त्रता चोकमा हुने सांस्कृतिक समारोह लङ्काराकङ्कामा परराष्ट्रमन्त्री पौडेलले सहभागिता जनाउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
उनले त्यहाँ रहँदा श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने तथा राष्ट्रपति भवनमा श्रीलङ्काका राष्ट्रपतिले आयोजना गर्नुहुने स्वागत समारोहमा सरिक हुनेछिन्। साथै उनले त्यहाँको उच्च नेतृत्वसँग भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam