पाल्पामा सवारी दुर्घटना हुँदा आमा-छोराको मृत्यु
पाल्पा : पाल्पा ट्याक्टरले ठक्कर दिँदा दुइ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा तानसेन नगरपालिका -१३ बौघागुम्हाका १९ वर्षीय अभिषेक थापा र सोही ठाउँका ३९ वर्षीया मिना थापा मिधुन रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनक शाहीले बताए। मृतक उनीहरू आमा छोरा हुन।
तानसेनदेखि खानीगाउँ तर्फ जाँदै गरेको लु२त ९८८४ नम्बरको ट्याक्टरले सोही तर्फ जाँदै गरेको लु५३प ७५७१ नम्बरको स्कुटरलाई आज बिहान ठक्कर दिएको हो।तानसेन- दर्लमडाँडा अन्तरगत भित्री सडकमा पर्ने बगनासकाली गाउँपालिका-९ झिरुभन्ज्याङ नजिकै ठकुरी बारीमा बिहान दुर्घटना भएको हो।
गम्भीर घाइते उनीहरूलाई उपचारको लागि जिल्ला अस्पताल पाल्पामा लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए। शवको पोष्टमार्टम गरेर आफन्तलाई बुझाउने तयारी भइरहेको छ। ट्याक्टर चालक धादिङका हरिलाल चेपाङलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam