यू–२० साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने
काठमाण्डाै – बंगलादेशमा चलिरहेको २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले आयोजक बंगलादेशसँग खेल्ने भएको छ ।
बंगलादेशले राउण्ड रोबिन लिगको अन्तिम खेलमा भुटानलाई पराजित गरेसँगै नेपालको फाइनल प्रतिद्वन्दी घरेलु टोली परेको हो । अब नेपालले बंगालदेशसँग भोलि उपाधिका लागि खेल्नेछ ।
यसअघि हिजै भएको खेलमा नेपालले भारतलाई ३–१ गोलले हराउँदै फाइनलमा पुगेको हो । नेपालको जितमा अन्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक एक गोल गरे ।
बंगलादेश शिर्ष स्थानमा र नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । भुटान अंक विहीन रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।
बंगलादेशको जितसँगै भारत पनि बाहिरिएको छ । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको थियो ।
राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam