नुवाकोटको चैनपुरमा बस दुर्घटना : ३ को मृत्यु‚ २३ जना घाइते
नुवाकोट : नुवाकोटको चैनपुरमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।
बट्टारबाट तारकेश्वर गाउँपालिका–१ दाङसिङ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस बिहीबार अपराह्न विदुर नगरपालिका–१२ चैनपुरमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै र १ जनाको अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको नुवाकोटका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए।
उनका अनुसार मृत्यु हुनेमा विदुर नगरपालिका-३ का बाबुराम नेपाली र विदुर नगरपालिका-६ का रामप्रसाद अर्याल छन्। मृतक अर्की एक जना महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका अन्य २३ जनाको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ। बस बिहीबार अपराह्न सडकदेखि करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…



ghanashyam