विवादास्पद संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिने निर्णय

काठमाडौं : सरकारले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधिसम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको छ। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको उक्त विधेयक विवादमा तानिएको थियो।

संसद्‌मा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई फिर्ता लिने निर्णय गरिएको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले फिर्ता लिइएको विधेयक १० गतेको संसद् बैठकमा पेश गर्ने जानकारी दिइन्।

TOP