लोत्से मलमा मोबाइल चोरी गरी भैरहवा पुगेका युवक पक्राउ
रूपन्देही : काठमाडौंको नयाँ बसपार्कस्थित लोत्से मलमा मोबाइल लुटेका एक युवकलाई प्रहरीले रूपन्देहीको भैरहवाबाट पक्राउ गरेको छ।
रूपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार सैनामैना नगरपालिका–६ बस्ने १८ वर्षीय कमल कार्की पक्राउ परेका हुन्। कार्कीसँग चोरीका तीन थान मोबाइल पनि बरामद भएको अर्यालले बताए।
कार्कीलाई पक्राउ गरी बरामद मोबाइलसहित कारबाहीका लागि शुक्रबार नै प्रहरी वृत्त महाराजगञ्ज काठमाडौं पठाएको उनले जानकारी दिए।
फागुन १ गते यातायात व्यवसायीको प्रदर्शनका क्रममा काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु नयाँबसपार्कमा रहेको लोत्से मलमा लुटपाट भएको थियो।
मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसीडीसी मोबाइल प्रालि, डायमण्ड मोबाइल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइललगायतका सामग्री लुटिएका थिए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam