संघीयताअनुसार पत्रकार र सञ्चारमाध्यमकाे प्रदेश संरचना स्थापना गर्न माग
रुपन्देही । नेपाल पत्रकार महासंघ लुम्बिनीले सञ्चार सम्बद्ध सबै निकायको प्रदेशस्तरीय कार्यालय स्थापना गर्न माग गरेको छ । मुलुक संघीयतामा गएकाले पत्रकार र सञ्चारमाध्यमले पनि त्यसको कार्यान्वयन गर्नुपर्ने महासंघको भनाइ हो ।
अहिले पनि प्रेस पास वितरण, नवीकरण, प्रेस काउन्सिल तथा सञ्चार मन्त्रालयका सबै काम गर्न काठमाडौं जानुपर्ने बाध्यता रहेकाले ती सबै संरचना प्रदेश तहमा ल्याउन महासंघले माग गरेको छ ।
लुम्बिनी प्रदेशको राजधानी देउखुरीको भालुवाङमा शुक्रबार भएको प्रदेश समितिको तेस्रो साधारणसभामा श्रमजीवी ऐन कार्यान्वयनमा सरकार तथा सम्बद्ध पक्षलाई माग गर्ने, पत्रकार महासंघलाई पूर्ण समावेश बनाउन केन्द्रीय समितिलाई अनुरोध गर्ने, न्यूनतम पारिश्रमिक समयानुकूल परिमार्जन गर्न सरकारसँग माग गर्ने, पत्रकार आचारसंहिता पालना गर्न सबैलाई ध्यानकर्षण गराउनेलगायतका १० बुँदे घोषणापत्र पारित गरिएको अध्यक्ष बसन्त गिरीले जानकारी दिएका छन् ।
यसअघि भएको उद्घाटन सत्रमा महासंघका केन्द्रीय महासचिव रोशन पुरीले सदस्यता शुद्धीकरण अभियानमा महासंघ रहेको र जागिरबाट निकालिएका पत्रकारहरुको पुनर्वहालीका लागि क्रियाशील रहेको बताए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष गोविन्द आचार्य, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा, प्रेस चौतारीकी प्रदेश महासचिव निरू गौतम, प्रेस सेन्टरका प्रदेश अध्यक्ष मानसिङ विश्वकर्मा, प्रेस युनियन प्रदेश महासचिव नवीन गिरीलगायतले विभिन्न सुझावहरु राखेका थिए ।
कार्यक्रममा उत्कृष्ट शाखातर्फ अर्घाखाँचीलाई सम्मान गरिएको छ । स्वर्गीय पत्रकार बिन्दुकुमार चौहान र टेक मास्की राना स्मृति पत्रकारिता पुरस्कार बुटवलका दामोदर खनाललाई प्रदान गरिएको छ ।
त्यसैगरी नेपालगञ्जका पुराना पत्रकार पन्नालाल गुप्ता स्मृति पत्रकारिता पुरस्कारबाट बाँकेका पत्रकार राजेन्द्र धिताललाई, कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट पूर्व रूकुमकी पत्रकार सञ्जना कार्की र पुथा मर्चवार पत्रकारिता पुरस्कार कपिलवस्तुका मनिष गुप्तालाई प्रदान गरिएको महासचिव विक्रम खड्काले जानकारी दिए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam