माओवादी केन्द्रको बैठक : राष्ट्रपतिको टुंगो लगाउने जिम्मा प्रचण्डलाई
काठमाडौं : नेकपा माओवादी केन्द्रले नयाँ राष्ट्रपतिको टुंगो लगाउने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।
काठमाडौंको कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको पदाधिकारी बैठकले सकेसम्म ३ वटा स्वार्थसहितको सहमति खोज्ने नभए प्रधानमन्त्री प्रचण्डले अन्तिम निर्णय लिने माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
मुख्य तीन स्वार्थ भन्नाले गणतन्त्र र संविधानको रक्षा‚ शान्ति प्रक्रिया टुंगोमा पुर्याउने र दलहरूसँग सकेसम्म राष्ट्रिय सहमति खोजेर राष्ट्रपति उम्मेदवारी मनोनयनको एक दिनअगाडिसम्म उम्मेदवारको टुंगो लगाउने जानकारी महराले दिए।
बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने र त्यसको अन्तिम निर्णय प्रधानमन्त्री एवं पार्टी अध्यक्षलाई दिने निर्णय भएको बताए।
उनले भने, ‘आजको पार्टी पदाधिकारी बैठकमा राष्ट्रपतिको बारेमा नै चर्चा भयो। हामीले बैठकमा राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेका छौँ। राष्ट्रिय सहमति खोज्ने कुरा नै हाम्रो नीति हुनुपर्छ भन्ने कुरा भयो। प्रधानमन्त्रीले अन्तिम निर्णय लिने निर्णय भयो र अन्य पार्टीका पदाधिकारीहरुसँग छलफल गर्ने निर्णय भयो।’
उपाध्यक्ष महराले फागुन १२ गतेसम्म राष्ट्रिय सहमति हुनेमा विश्वस्त रहेको बताए।
राष्ट्रपति निर्वाचनमा निर्णायक मानिएको माओवादीले कांग्रेस र एमाले दुवैलाई सघाउने बताइरहेको छ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam